कत्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रानी’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ।
दयाराम धहल निर्देशित फिल्ममा अनुप विक्रम शाही, मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको छ। फिल्ममा मलिनाको लागि सरुक र मनिष बिचको द्वन्द्व देखाइएको छ भने अनुप खलपात्रको भूमिकामा देखिएका छन्।
पुरुषोत्तम प्रधान, सिसन बानियाँ र मान कृष्ण महर्जनको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन रहेको छ। विजय घिमिरेको संगीत, यम थापाको लेखन रहेको फिल्मलाई बिमल मान गुभाजुको निर्माण गरेका हुन्।