फिल्म ‘कोहिनुर’ निर्माण गरेर निर्मात्री बनेकी अभिनेत्री स्वेता खड्काले नयाँ फिल्म निर्माण गरिन्, ‘कान्छी’ । ‘कोहिनुर’ निर्माण गर्दा उनको साथमा अभिनेता श्रीकृष्ण श्रेष्ठ पनि थिए । तर, यसपटक भने स्वेताले फिल्म निर्माणको सम्पूर्ण कार्यभार एक्लै सम्हालेकी छिन् ।
स्वेताले फिल्म ‘कान्छी’को छायांकन ५० दिनमा सकिएको बताएकी छिन् । फिल्मको छायांकन मुस्ताङ, उपल्लो मुस्ताङ, जोमसोम र काठमाण्डौमा गरिएको छ । स्वेता निर्मित तथा अभिनित फिल्म ‘कोहिनुर’ निर्देशन गरेका आकाश अधिकारीले नै यो फिल्मलाई निर्देशन गरेका हुन् ।
फिल्म भित्र स्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठको मुख्य भूमिका छ । फिल्मको छायांकन सकिएपछि अभिनेत्रीले पति श्रीकृष्ण श्रेष्ठको संझना गरेकी छिन् । उनले माघ २६ गतेबाट फिल्म रिलिज हुने समेत मिडियासँग बताएकी छिन् ।
फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको र मिहिनेतका साथ फिल्म निर्माण गरेको स्वेताको भनाई छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । मुस्ताङको ग्रामिण भेगमा बसोबास गर्ने एक यूवतीको कथा नै ‘कान्छी’मा उठान गरिएको छ ।