आश्मा गिरी, नेपालमा युटुब प्रयोगकर्ताका लागि नौलो नाम होइन । विदेशमा अध्ययन सकेर नेपाल आएका आश्माले ‘रङ टाइम’ भन्ने सिरियलमा काम गरेकी थिइन् । उक्त सिरियलमा काम गर्दा गर्दै उनलाई फिल्म ‘रानी महल’बाट अफर आएको थियो ।
‘रानी महल’का लागि उनले केही समय वर्कशप पनि गरिन् । तर, यो फिल्म अहिलेसम्म बन्ने नवन्ने अत्तोपत्तो छैन । यसैले, आश्मा अब फिल्म ‘ड्रिम गर्ल’मा काम गरिरहेकी छिन् । यो फिल्ममा भने उनी, मुख्य भूमिकामा नै छिन् । ऋषिराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको शिर्ष भूमिकाका लागि उनले तौल पनि घटाइन् । आश्मा यो फिल्ममा आफूले सक्दो मिहिनेत गर्ने बताउँछिन् ।
के, उनी नेपाली फिल्म क्षेत्रकी नै ड्रिम गर्ल, बन्न सक्लिन् त ? तस्बिरले के भन्छ ?