चर्को विरोधका कारण डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएको हिन्दी फिल्म ‘पद्यमावती’को रिलिज डेट पोष्टपोन्ड भएको छ । यो फिल्म अब नयाँ बर्षको जनवरी महिनामा रिलिज हुने चर्चा छ ।
यो मितिबाट आशा गरिएको फिल्म पछाडि हटेपछि कमेडियन कपिल शर्मालाई भने फाइदा भएको छ । नोभेम्बर २४ तारिखमा रिलिज हुने भनिएको कपिलको फिल्म अब डिसेम्बर १ मा रिलिज हुने भएको छ, जुन मिति पहिले ‘पद्यमावती’ले बुक गरेको थियो ।
प्रचार कम भएको आभाष गरिएको कपिलको फिल्मलाई अब एक साता प्रचारको समय मिलेको छ । डिसेम्बर १ तारिखपछि ३ साता ठूलो बलिउड फिल्म रिलिज नहुँदा कपिललाई फाइदा हुनेछ ।