साउथका सुपरस्टार रजनीकान्त, बलिउडका अभिनेता अक्षय कुमार एकसाथ फिल्ममा देखिएपछि अर्का अभिनेता टाइगर श्राफको एक्लै के लाग्थ्यो र ?अन्तत, टाइगरले आफू अभिनित फिल्म ‘बाघी २’को प्रदर्शन मिति सार्ने निधो गरेका छन् । अप्रिल २७ तारिखमा फिल्म ‘२.०’ आउने पक्का भएको थियो ।
अब, ‘बाघी २’का निर्माताले सो मितिमा फिल्म नल्याउने भएका छन् । टाइगर श्राफले ट्विटरमा फिल्मको नयाँ प्रदर्शन मिति पोष्ट गरेका छन् । जसअनुसार, अब यो फिल्म मार्च ३० तारिखमा हलमा लाग्नेछ ।
यो मितिमा राजकुमार हिरानी निर्देशित तथा रणवीर कपुर अभिनित फिल्म ‘दत्त बायोपिक’ रिलिज हुने चर्चा छ ।