फिल्म ‘रोमियो एन्ड मुना’ फागूण ११ गतेबाट रिलिज हुन लागेको छ । तर, यो फिल्मकी एक कलाकार सुष्मा कार्कीको नाम कतै अटाएको छैन । सुष्मा पनि फिल्मको बारेमा केहि बोल्दिनन् ।
नेपाली फिल्म क्षेत्रमा आइटम गर्लको रुपमा चिनिएकी सुष्मालाई दर्शकले विर्सन थालिसकेका छन् । मिडियामा प्रेमी र लफडाका कारण चर्चामा आउने गरेकी सुष्मा विकिनी लगाएर पनि चर्चित बनिन् ।
सुष्माले काठमाण्डौको हायत होटलमा लगाएको विकिनी तस्बिरले सबैको होस उठाएको थियो । सो समयमा उनको चर्चा भएपनि अहिले फेरि उनी गुमनाम छिन् । विकिनी लगाउँदा चर्चामा आउने सुष्माको अरु बेला नाम समेत सुनिदैन । उनी, बिहेको तयारीमा लागेको चर्चा समेत चल्ने गरेको छ ।