सम्पादनमा चम्किएका नीशान घिमिरेले ‘ओ बेबी’ बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् । प्रेम दिवस आउँदै गर्दा यो भिडियो युटुबमा सार्वजनिक भएको छ । गीतमा केटाले केटीलाई ‘ओ बेबी’ भनेर फकाइरहेको हेर्न सकिन्छ ।
कुन्दन पाठकको आवाजमा रहेको यो गीतमा कञ्चन पाठक र मदन भण्डारीको शब्द, कञ्चन पाठककै संगीत छ । भिडियोमा चर्चित मोडल पुष्पल खड्काले काम गरेका छन् । उनलाई, मोडल श्रृष्टीले प्रेमको यात्रामा साथ दिएकी छिन् । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेको हो । सुरेन्द्र बसेलले यो भिडियोमा कोरियोग्राफी गरेका छन् ।
निर्देशक घिमिरेले भिडियो र गीत दुबै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।