अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्माता तथा निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ फिल्मको भूमिका मन नपरेर काम नगरेको भन्ने समाचारको खण्डन गरेकी छिन् । साम्राज्ञीले यो फिल्ममा गाउँले भूमिका भएकाले आफूले काम नगर्ने बताएको खबर सार्वजनिक भएको थियो ।
तर, साम्राज्ञीले भने आफूलाई सबै खालका भूमिकामा काम गर्न मन लाग्ने भन्दै यस्तो खबर कहाँबाट आयो भन्दै आश्चर्य समेत जनाएकी छिन् । उनले, आफ्नो समय व्यस्तताका कारण आफूले अशोक शर्माको फिल्ममा काम गर्न नसकेको उल्लेख गरेकी छिन् ।
साम्राज्ञीले काम नगरेपछि यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्कालाई अफर गरिएको थियो, जुन उनले स्विकार गरिसकेकी छिन् । साम्राज्ञी अहिले फिल्म ‘कायरा’को छायांकनका लागि फिलिपिन्समा छिन् ।