बलिउड अभिनेता रजनीकान्तको मुख्य भूमिका रहेको फिल्म ‘२.०’को रिलिज डेट अझै कन्फर्म भएको छैन । यो फिल्मको प्रदर्शन मिति बारम्बार सरिरहेको छ । फेरि पनि यो फिल्मको रिलिज डेट सरेको छ । अप्रिल २७ मा यो फिल्म आउने चर्चा थियो ।
तर, अब यो मितिमा रजनीको अर्को फिल्म रिलिज हुने भएको छ । रजनीकान्त अभिनित फिल्म ‘काला’ अप्रिल २७ मा रिलिज हुने भएको छ । रजनीका ज्वाँइ धनुषले ट्विट गर्दै यो कुरा जानकारी गराएका छन् । उनले, काला अप्रिल २७ मा रिलिज हुने बताएका छन् । यो फिल्ममा रजनी मुम्बइको शक्तिशाली डनको भूमिकामा देखिएका छन् ।