शुक्रबारदेखि रिलिज भएको फिल्म ‘कृ’को ३ दिने कलेक्शन सार्वजनिक भएको छ । फिल्मको निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले फेसबुकको माध्यमबाट नै फिल्मको कलेक्शन सार्वजनिक गरेको हो ।
फिल्मले रिलिजको पहिलो दिन राजधानीबाट ५१ लाख ११ हजार ६८६ र राजधानी बाहिरबाट ४४ लाख ५३ हजार ५ सय ६२ लाख कमाई गरेको छ । पहिलो दिन फिल्मले ९५ लाख ६५ हजार २ सय ४८ रुपैयाँ कमाई गरेको छ । दोश्रो दिन शनिबार फिल्मको कमाई बम्पर छ । राजधानीबाट ९४ लाख २४ हजार ३ सय ५१ र राजधानी बाहिरबाट ८३ लाख ४१ हजार ४ सय १२ गरि कुल १ करोड ७७ लाख ७ सय ६३ रुपैयाँ फिल्मले कमाई गरेको छ ।
आइतबार फिल्मको व्यापार केहि खस्किएको छ । फिल्मले आइतबार राजधानीबाट ३७ लाख २१ हजार ३ सय ३० र राजधानी बाहिरबाट २९ लाख ४७ लाख ३ सय ९५ रुपैयाँ गरि कुल ६६ लाख ६८ हजार ७ सय २५ रुपैयाँ फिल्मले कमाई गरेको छ ।
अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीको मुख्य भूमिका रहेको फिल्मले ३ दिनमा करिब ३ करोड ४० लाख कमाई गरेको छ । फिल्मको यो कमाइलाई अपेक्षित मान्न सकिन्छ । सुरेन्द्र पौडेल निर्देशित यो फिल्मले आज परेको शिवरात्री र भोली परेको प्रेम दिवसमा राम्रो कमाई गर्ने देखिएको छ । राजधानीका मल्टिप्लेक्समा फिल्मको बुकिङ मंगलबारका लागि सोमबार नै राम्रो देखिएको छ ।
सुवास गिरी र भूवन केसी मिलेर यो फिल्मको निर्माण गरेका हुन् ।