नेपाल चलचित्र विकास बोर्डले फागूण ७ गतेदेखि लागू हुनेगरि बक्स अफिस प्रणाली सुरु गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डले बक्स अफिस प्रणालीबारे जानकारी गराएको हो । सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी उपस्थीत थिए ।
बक्स अफिसलाई विकास बोर्डको मातहतमा राखिएको छ । जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमाझ बताइएको छ । कार्यक्रममा उपस्थित सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले बक्स अफिस प्रणाली सुरु भएकोमा खुशी व्यक्त गरेका छन् ।
चलचित्र बिकास बोर्डमा नियुक्त भएको ३ महिना नबित्दै लामो समय देखि चलचित्रकर्मीहरुले उठाउंदै आएको बक्स अफिसको मुद्दालाई अध्यक्ष निकिता पौडेलले पूर्णता दिएकी छिन् । फाल्गूण १ गतेबाट काठमाण्डौमा संचालनमा रहेका मल्टिप्लेक्स हलमा सुरु हुने इ टिकेटिङ सिष्टम बैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा र श्रावण १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा जडान गरिने जानकारी अध्यक्ष पौडेलले दिनु भएको छ ।
बक्स अफिस प्रणाली लागू भैसकेपछि यसले निर्माता, हलवालालाई फाइदा पुग्ने आशा व्यक्त गरिएको छ ।