अभिनेताद्धय अनमोल केसी र अनुप विक्रम शाहीले काम गरेको फिल्म ‘कृ’को नेपाल रिलिजपछि अहिले विश्वका विभिन्न देशमा शो भैरहेको छ । फिल्मको शोका लागि अभिनेता अनमोल केसी र निर्माता भूवन केसी जापानबाट फर्किएका छन् । जापानबाट फर्किएलगतै उनीहरु हङकङ पुगेका छन् ।
हङकङमा आइतबार बेलुकी आयोजना भएको शोमा उनीहरु सहभागी भए । तर, हङकङमा भूवन र अनमोलका साथमा फिल्मका खलअभिनेता अनुप विक्रम शाही पनि देखिए ।
फिल्म रिलिजको समयमा आफ्नो भूमिका काटिएको भन्दै अनुपले दुःखेसो गरेका थिए । जसकाकारणले गर्दा पनि भूवन र अनमोलसँग अनुपको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । तर, हङकङमा उनीहरु एकसाथ देखिएपछि सम्बन्ध सुधि्रएको देखिएको छ ।