अभिनेता दीपकराज गिरीलाई अभिनेत्री प्रियंका कार्कीले खुबै माया गर्छिन्, साथमा सम्मान पनि । दीपकको फिल्ममा निरन्तर काम गरिरहेकी कार्की उनको जोडी पनि हुन् ।
यी दुइले एकसाथ काम गरेको फिल्म ‘शत्रु गते’ शुक्रबारदेखि रिलिज हुँदैछ । फिल्ममा यी दुई नै जोडीको रुपमा देखिएका छन् । फिल्ममा प्रियंका प्रहरीको भूमिकामा छिन् भने दीपक चोरको ।
उनै, कार्कीले फेसबुकमा दीपकसँगको तस्बिर राख्दै लेखिन्-‘ए ह्यान्डसम, मेरो मनले तिम्रो मनलाई गिरफ्तार गरेको छ । आउ जिन्दगीभरको लागि चोर-पुलिस खेलौ ।’
दीपक र प्रियंकाको चोर-पुलिसको खेलका लागि दर्शकले फिल्म नै हेर्नपर्छ । तर, यी दुइको किस्सा रोचक हुने देखिएको छ ।