दीपेन्द्र के खनालले नयाँ फिल्म निर्देशन गर्दैछन् । फिल्मको नाम राखिएको छ, ‘चंगाचेट’ । यो फिल्मको छायांकन चाडै नै सुरु हुँदैछ । फिल्मलाई माधव वाग्लेले निर्देशन गर्दैछन् । यो फिल्ममा सुरुवातमा अभिनेता आयुष्मान देशराज, अभिनेत्री ऋचा शर्मा, सन्ध्या केसीको मुख्य भूमिका रहने बताइएको थियो ।
तर, पछि कथामा ट्विष्ट आउँदै अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भयो । आयुष्मान र प्रियंका फिल्ममा जोडीको रुपमा देखिदैछन् । जहाँ, अभिनेत्री प्रियंका ‘कलेज गर्ल’को भूमिकामा देखिदैछिन् ।
अब, कथाले नयाँ मोड लिएको छ । फिल्ममा अभिनेत्री परमिता आर एल राणाको पनि इन्ट्री भएको छ । परमिता आयुष्मानकी पूर्व प्रेमिका हुन् । यसैले, बर्तमान प्रेमिका र भूपू प्रेमिकासँग आयुष्मानले पर्दा शेयर गर्नेछन् । तर, फिल्ममा आयुष्मान र प्रियंकाको परमितासँग कुनै दृश्य नभएको वुझिएको छ ।