फिल्म ‘तिमी सँग’को शिर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकारको उपस्थितीमा गीत रिलिज गरिएको हो ।
शिशिर राणाको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म चैत्र २३ गतेबाट रिलिज हुँदैछ । नमन प्रोडक्शन नेपालको प्रस्तुतिमा यो फिल्म तयार भएको हो । फिल्मको शिर्ष गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको स्वर, राहुलको संगीत, लेखु सहयात्रीको शब्द छ ।
यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्मको यो गीतमा साम्राज्ञी र आकाशलाई देखाइएको छ । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोलाई सुशिल क्षेत्रीले खिचेका हुन् ।
फिल्मले ३ जना अपरिचित पात्रको कथालाई देखाउँछ । फिल्ममा रमणीय लोकेशन हेर्न सकिनेछ ।