अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘लिलिबिली’ हलमा चलिरहेको छ । फिल्मले शनिबार राम्रो कमाई गरेको थियो । फिल्म हलमा चलिरहँदा प्रदिपको राम्रै चर्चा पनि भैरहेको छ । तर, प्रदिपले ३ वटा फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भैरहँदा उनले ठूला ब्यानरका २ फिल्म भने छाडेका छन् ।
प्रदिपले गतबर्षको हिट फिल्म ‘छक्का पन्जा २’ छाडेका थिए । उनले, नगरेपछि फिल्ममा यसका निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फिल्ममा स्वरुप पुरुष ढकाललाई राखेका थिए । उनै, प्रदिपले गतबर्षको अर्को हिट फिल्म ‘सत्रु गते’को अफर पनि टुक्राएका थिए । प्रदिपले यो फिल्ममा काम नगरेपछि अभिनेता पल शाहले यो फिल्ममा काम गरेका थिए । यी दुबै फिल्म गतबर्षका ब्लकबस्टर फिल्म हुन् ।
आखिर, प्रदिपलाई हाँस्य कलाकारको फिल्ममा काम गर्न किन समस्या परिरहेको छ ?