बलिउड अभिनेता साहरुख खान नयाँ फिल्म ‘जिरो’लाई लिएर अत्यन्त उत्साहित छन् । आनन्द एल रायको निर्देशनमा तयार भैरहेको यो फिल्मलाई रेड चिल्ली इन्टरटेन्मेन्टले निर्माण गरिरहेको छ ।
यो फिल्मको भीएफएक्स अहिले सम्मकै बलिउड फिल्मको सबैभन्दा उच्च भीएफएक्स भनिएको छ । यसैले पनि यो फिल्म चर्चामा छ ।
अभिनेता साहरुख खान, अभिनेत्री कट्रिना कैफ र अनुष्का शर्मा फिल्मको लीड रोलमा छन् । अभिनेता खानले ट्विटरमा अनुष्कालाई धन्यवाद दिएका छन् । फिल्मको एउटा दृश्यका लागि अनुष्काले गरेको मिहिनेतमा उनले धन्यवाद दिएका हुन् । फिल्ममा अनुष्काको भूमिका के छ भन्ने खुलाइएको छैन । यसैले पनि साहरुखको ट्विटले फिल्मप्रतिको उत्साह अझै बढाएको छ ।