अहिले अभिनेत्रीहरुमा शरीर स्लिम बनाउने होडबाजी नै चलेको छ । शरीर स्लिम बनाएर बोल्ड फोटोसुट गराउन अभिनेत्रीहरु अग्रसर छन् । अभिनेत्री वेनिशा हमालले पनि स्लिम शरीरमा फोटोसुट गरेकी छिन् । उनले, फेसबुकमा पोष्ट गरेको फोटोमा उनी हट देखिएकी छिन् ।
बेनिशाले फिल्म ‘ब्लाइन्ड रक्स’का लागि आफ्नो शरीरको तौल घटाएकी थिइन् । तर, वेनिशाको यो फिल्म चलेन । फिल्म नचलेपछि वेनिशा अहिले ओझेलमा छिन् । बेनिशाले बोल्ड फोटोसुट गराउँदै अब आफू पर्दामा बोल्ड छवि बनाउन तयार भएको संकेत गरेकी छिन् । अभिनेत्री बर्षा सिवाकोटीले पनि शरीर स्लिम बनाएपछि यस्तै बोल्ड छविमा फोटोसुट गराएकी थिइन् ।