काठमाडौं | फिल्म ’नाइँ नभन्नु ल’ सेरिज मार्फत आफुलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ’मनकी उजेली’ बोलको गीतमा नारायण भण्डारी ’जनकपुरी’ को शब्द तथा संगीत समावेश छ भने दीपक महर्जनको स्वर सुन्न सकिन्छ।
पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन्। भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि फिचर्ड छन्। प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन्। म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ।
सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। विकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्। जिन्दगी रक्स र फाटेको जुत्ताको समेत निर्देशन गरिसकेका निकेश पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम मध्यका एक हुन्।
हेर्नुहोस् गीत :