काठमाडौं | कात्तिक १६ गतेबाट प्रदर्शनमा फिल्म चङ्गा चेटको ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
कमेडीले भरिपूर्ण ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकार फिचरिङ छन्। ट्रेलरमा तीन युवाले पैसा कमाउनको लागि गरेको संघर्ष देखाइएको छ।
डार्क कमेडी फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र मिस्टर आरजेको संगीत समावेश छ। निरक कडेँलले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।
फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रवीन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा, अर्पण थापा लगायतको मुख्य भूमिका रहेको छ।
ट्रेलर :