काठमाडौं | मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘वीर विक्रम २’को हाल धमाधम छायांकन भइरहेको छ। हालै मात्र फिल्मको एक गीतको छायांकन सकिएको छ। हाल छायांकन भएको गीत ‘देउता’ फिल्ममा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतको रिमेक गीत हो।
गीतमा कुसुम गजमेर र तुलसी घिमिरेको शब्द रचना तथा रञ्जित गजमेरको संगीत रहेको छ। पुरानो गीतमा इन्द्रजित मिजार र भारती घिमिरेको आवाज रहेको थियो भने रिमेकमा ताराप्रकाश लिम्बु र मेलिना राईले स्वर दिएका छन्।
मुस्ताङमा छायांकन गरिएको यस गीत निर्माणमा करिव २३ लाख खर्च भएको निर्देशक चाम्सले बताएका छन्।
निर्माण युनिटले सुटिङ सेटबाट छायांकनका केही तस्विरहरु बाहिर ल्याएको छ। बाहिरिएका तस्विरमा नायिका वर्षा सिवाकोटीलाई दुई नायकसँग रोमान्स गरिरहेको देख्न सकिन्छ। वर्षा नायक पल शाह र नाजिर हुसेनको अंगालोमा बाँधिएकी छिन्।