काठमाडौं | अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ए मेरो हजुर ३ को हाल धमाधम छायांकन भइरहेको छ। यसैबीचमा निर्माण युनिटले मनाङ पुगेर फिल्मको दुई गीत छायांकन गरेर काठमाडौं फर्किएको छ।
मनाङमा गीत छायांकन गर्दाको केही तस्विरहरु निर्माण युनिटले सार्वजनिक गरेको छ। सार्वजनिक तस्विरमा सुहानालाई निकै बोल्ड रुपमा प्रस्तुत गरिएको छ भने अनमोल रोमान्टिक बनेका छन्। तस्विर हेर्दा उनीहरुको जोडी निकै सुहाएको देखिन्छ।
चैत २९ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतको पनि अभिनय रहेको छ। झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।