सुयोग गुरुङको डेब्यु निर्देशनमा फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ। म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मको मंगलवार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रम बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ।
‘सानो मन’मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ। फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ।
ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन्। फिल्मलाई काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन गरिनेछ।
समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो। आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ। कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन्। फिल्ममा सुयोग सोताङको संगीत रहनेछ।