नायक पल शाह र आँचल शर्माको प्रेम चर्चा खुबै हुने गर्छ। तर, उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई स्विकारेका छैनन्। उनीहरुले साथी मात्र भएको बोल्दै आएपनि उनीहरु प्रेमी हुन् भन्ने चर्चा अहिलेसम्म नि चलेको छैन्।
आज पल शाहले आफ्नो जन्मदिन मनाइरहेका छन्। पल शाहलाई नायिका आँचल शर्माले फेसबुकमा साथी भन्दै जन्मदिनको शुभकामना दिएकी छिन्। आँचलले लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना मेरो साथी। तिमी जहिले पनि मेरो अप्ठ्यारो अवस्थामा मेरो छेउमै उभिएका छौ। मलाई थाहा छ, सधै तिमी मेरो साथमा नै हुनेछौ। म तिमी भन्दा एक कल फोनको दुरीमा छु। आशा छ, तिमीले वुझ्नेछौ। तिम्रो जिन्दगी सधै नै रंगिन होस् भन्ने शुभकामना दिन चाहन्छु।’
पल र आँचलले धेरै म्युजिक भिडियोमा सँगै काम गरेका छन् भने तीनवटा चलचित्रमा उनीहरुले स्कृन शेयर गरेका छन्। दुबैले एउटै चलचित्र ‘नाई नभन्नु ल ४’बाट डेब्यु गरेका हुन्।