बलिउड सुपरस्टार सलमान खान र सोनाक्षी सिंहको ‘दंबग ३’ पछिल्लो समय चर्चामा छ। छायांकनमा नजाँदै यस फिल्मले विभिन्न तवरबाट चर्चा पाइरहेको छ। त्यस्तैमा, नायिका करिना कपुरले यस चलचित्रमा आइटम नृत्य गर्ने कुराले फेरी माहोल तातेको छ।
फिल्मको निर्माता रहेका अरबाज खानका अनुसार चलचित्रको स्पेशल नम्बरका लागि करिनालाई अफर गरिएको हो। निर्माता खानले छिट्टै नै चलचित्रको औपचारिक निर्माण घोषणा गरिने र त्यहाँ उक्त कुराको पनि औपचारिक घोषणा गरिने बताए। तर करिनाको तर्फ बाट भने कुनै प्रतिकृया आएको छैन।
प्रभु देवाले निर्देशन गर्ने ‘दबंग ३’ अप्रिलबाट छायांकनमा जाने बताइएको छ। फिल्मको छायांकनको लागि मुम्बईमा सेट तयार गरिएको छ।