फिल्म ‘गाउँले’मा समावेश गीत ‘गोली शिशाको’ बोलको गीतलाई रिमेक गरिने भएको छ। निकै चर्चित उक्त गीतलाई रिमेक गरेर नयाँ फिल्म ‘राजा साहेब’मा राख्न लागिएको हो।
राजेश हमाल, दीपाश्री निरौला र विपना थापाले नृत्य गरेको उक्त गीतमा उमेश पाण्डे र रमला श्रेष्ठले स्वर दिएका थिए। गीतमा टिका भण्डारीको संगीत रहेको थियो। यस गीतको रिमेक ओम सुनारले गर्दैछन्। रिमेकमा ओम र इन्दिरा जोशीले स्वर दिनेछन्।
रिमेक गरिएको गीतमा रमित ढुंगानाले नृत्य गर्नेछन्। गीतमा नायक ढुंगानाको साथमा २ नायिकाले नृत्य गर्नेछन्। रामजी लामिछानेले करियोग्राफी गर्ने भिडियोमा ३०० बढी कोरसको प्रयोग गरिने बताइएको छ।
विचल राईको निर्देशनमा बन्न लागेको ‘राजा साहेब’मा सरु राईको लगानी रहनेछ। फिल्मका लागि अहिले नायिकाको छनोट भइरहेको छ।