सोमबार बेलुका नायक विराज भट्टले प्रोडक्सन मेनेजर शंकर पाण्डेमाथि हात हाले। विराजले निर्देशन गर्न लागेको फिल्म साङ्लोमा शंकर प्रोडक्सन मेनेजरका रुपमा अनुबन्धित थिए।
आन्तरिक कुराहरु नमिलेपछि उनीहरु बीच हात हालाहाल भएको थियो। झगडामा पहिला विराज भट्टले हात हालेका थिए। विराजले हात हालेपछि शंकरले पनि विराजलाई हात फर्काए।
उनीहरुको झगडा पछि प्रविधिक संघले नायक विराज भट्टलाई स्पष्टिकरणको लागि बोलाएको थियो। अन्तरिक छलफलपछि पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका छन्। दुबैले सहमतीमा नै कुरा सुल्झाएका छन्।