सन्तोष सेनको निर्माणमा बन्न लागेको नयाँ फिल्म ‘प्रेम गीत ३’का लागि नायिकाको खोजी भइरहेको छ। फिल्मको नायिकाको लागि निर्माण टिमले अडिसनको लागि आह्वान गरेको छ।
केहि समय अगाडि फिल्मले थिम पोस्टर सार्वजनिक गरेको थियो। थिम पोस्टर सार्वजनिक गर्दा प्रर्दशन मिति तय गरिएको थियो। यो फिल्म यसै सालको अन्तिम चैत २८ गते प्रर्दशन हुनेछ।
फिल्ममा मुख्य भूमिकाको लागि प्रदिप खड्काको चर्चा छ। तर निर्माण युनिटले खड्कालाई औपचारिक रुपमा घोषणा भने गरेको छैन्।
फिल्म युनिटले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नव नायिकाको आह्वान गरेको छन्। यो फिल्मका लागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्नेछन्। अडिसनको दिनको लागि www.aasusenfilms.com र aasusenfilms@gmail.com ईमेलमा पनि सम्पर्क गर्न सकिन्छ।
यो फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन्। निर्माता सेनले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन्। फिल्म टिमले नव नायिकाकोलाई केहि सर्त राखेका छन्। उक्त सर्तहरु निम्नानुसार छ-
१. हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्बिरसहित उहाँहरुले आफ्नो बायोडाटा पठाउनुपर्नेछ। अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनुपर्नेछ। १८ वर्षभन्दा माथि र २५ वर्ष नपुगेको हुनुपर्नेछ।
२. आवेदन भरेका मध्ये २० जना फाइनल अडिसनका लागी छान्नेछौं। उहाँहरुमध्येबाट एकजना मुख्य अभिनेत्री छनौट गर्नेछौं।
३. इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नुपर्नेछ।
४. चलचित्र प्रेम गीत ३ आसुसेन फिल्मको ब्यानरमा निर्माण हुन गैरहेको पाँचौं प्रोजेक्ट हो। यो चलचित्रको मुख्य अभिनेत्री हुन चाहनेहरुले हाम्रो आधिकारीक ठेगानामा सम्पर्क गर्नुहोला।