निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ को सुटिङ सकिएको छ। छायांकन सुरु भएको ३८ दिनमा फिल्मको पूर्ण छायांकन सकिएको हो। छायांकन पूरा गरेर निर्माण टिम बुधवार राजधानी फर्किएको छ।
अधिकांश छायांकन सुर्खेतमा गरिएको यस फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन्। रोमान्टिक–कमेडी जनरामा निर्माण भएको फिल्ममा निश्चल र स्वस्तिमाले श्रीमान-श्रीमतीको भूमिका निर्वाह गर्नेछन्। पहिलो पटक रियल कपललाई ठूलो पर्दामा हेर्न दर्शक निकै आतुर छन्।
निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ। ‘विसी मोसन पिक्चर’को ब्यानरमा यो फिल्म निर्माण भएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्।