सलमान खान स्टारर फिल्म ‘भारत’ले निकै राम्रो व्यापार गरिरहेको छ। पहिलो दिनमा नै यस फिल्मले ४२ करोड माथिङ्को व्यापार गरेको छ। समिक्षात्मक रुपमा पनि फिल्म सफल छ।
फिल्ममा सलमान खान र कट्रिना कैपको मुख्य भूमिका रहेको छ। यस फिल्ममा नायक बरुण धवनको पनि केमियो रहने बताइएको थियो। बरुणको केमियो छायांकन पनि भएको थियो। तर, अहिले फिल्ममा बरुणलाई देखाइएको छैन्।
फिल्मका निर्देशब अलि अब्बस जफरका अनुसार फिल्ममा बरुणको दृष्य आवास्यक नपरे पछि काटिएको हो। उनले भनेका छन्, ‘हामीले छायांकनकै समयमा यो रोल नहुन पनि सक्छ भनेर उहाँलाई भनेका थियौँ। अहिले हामीलाई बरुणले गरेको दृष्० चाहिएन त्यसैले फालिदियौँ।’