नेपालको पहिलो नायिका भुवन चन्दको निर्माणमा तयार भएको फिल्म ‘साईनो’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ। फिल्मले चेलिबेटी बेचबिखनको कथालाई पनि उठान गरेको निर्माण पक्षले बताइरहेको छ।
साउन २४ गतेबाट रिलिज हुने यस फिल्ममा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल र नव–कलाकार राज कुमार लगायतको मुख्य भूमिका रहेको छ।
रमेश थापाको निर्देशनमा तयार भएको फिल्ममा अभिमन्यू निरवीको लेखन रहेको छ। फिल्मका सह–निर्माता शरण थापा हुन्। फिल्ममा रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन छ।