फिल्म ‘लक्का जवान’को लागि नायिका प्रियंका कार्की पक्का भएकी छिन्। निर्माण पक्ष र प्रियंकाबीच लिखित सम्झौता भइसकेको छ। फिल्ममा उनीसँगै अन्य दुई अभिनेत्री पनि देखिनेछन्।
केही समय अगाडिसम्म फिल्म क्षेत्रमा एकछत्र राज गरेकी प्रियंका कार्कीको अहिले त्यो क्रेज छैन्। जस्तोपनि फिल्ममा काम गरेकाले उनको क्रेज खस्किदै गएको हो। प्रियंकाले जस्तो भूमिका पाए पनि नाई भन्दिनन्। उनलाई फिल्म गर्न पाए पुग्छ।
पछिल्लो समय त फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढि सकृय छिन् उनी। म्युजिक भिडियोबाट राम्रो आम्दानी भएको भन्दै उनी त्यता लागेकी छिन्। जसले झनै उनको क्रेजलाई बिगारेको छ।
शिवहरि पौडेलको निर्देशनमा बन्ने लक्का जवनलाई फिल्मलाई किरण केसीले निर्माण गर्न लागेका हुन्। फिल्ममा नायक दीलिप रायमाझी पनि निर्माताका रुपमा रहेका छन्। ‘आमा बंगालमुखी फिल्म प्रोडक्सन’को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ।