नायिका ऋचा सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘सुपर गोर्खे’ले तेस्रो पटक आफ्नो रिलिज मिति तय गरेको छ। यस अघि दुई पटक फिल्मले रिलिज डेट सारिसकेको छ। अब भने यो फिल्म साउनको १० गतेबाट रिलिज हुने भएको छ।
राज थापाको निर्देशनमा तयार भएको यस फिल्ममा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्री, भानु बिष्ट, सचिन केसी, उत्तम बिष्ट, मनोज राइ लगायतको मुख्य भूमिका छ।
फिल्ममा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी छ। सौरभ लामाको छायांकन रहेको फिल्मलाई बनिश शाह र सालिक दुलालको सम्पादन छ।