कार्तिक २२ मा रिलिज हुने फिल्म ‘सरौतो’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर सुमी मोक्तानलाई एक्सन अवतारमा देखाइएको छ। टिजरमा सुमीसंगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा फिचर्ड छन्। टिजरमा विजय लामा, युवराज लामा र धिरेन शाक्यको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ।
सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ। चलचित्रमा आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय रहेको छ।
बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन शंकर महर्जनको एक्सन रहेको छ।