फिल्म ‘चच हुई’ले आफ्नो रिलिज मिति हेरफेर गरेको छ। यस अघि कार्तिक २९ मा रिलिज हुने भनिएको यस फिल्म अर्को फिल्म ‘माछा माछा’को कारण एक साता पछाडि सरेको छ। अब भने यो फिल्म मंसिर ६ गते रिलिज हुनेछ।
आर्यन सिग्देल र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्ममा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ।
सम्तेन भुटियाको निर्देशनमा बनेको फिल्मलाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्। ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ। फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन्।