राहुल शाह र एलिशा शर्मा फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। शनिबार सार्वजनिक भएको ‘फर्की फर्की’ बोलको गीतको भिडियोमा उनीहरुको प्रेम भावलाई देखाइएको छ।
गायक नविन रावल र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको गीतमा गायक रावलकै संगीत रहेको छ। गीतको शब्द मिलन बिष्टले तयार गरेका हुन्।
भिडियो निर्देशन र कोरियोग्राफी पनि राहुल आफैँले गरेका छन्। भिडियोलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका छन्।
भिडियोमा चार वटा डान्स ग्रुपले नृत्य प्रस्तुत गरेको छ। कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन्।