चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन आजबाट सुरु भएको छ । आज बिहान बुढानिलकण्ठमा अवस्थित मेराकी वेलनेश रिट्रिटबाट चलचित्रको छायांकन सुरु गरिएको छ ।
नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहने यस चलचित्रको केही समय पहिला मनकामना मन्दिरमा पुगेर शुभसाइत गरिएको थियो ।
सांगीतिक कथावस्तुमा निर्माण हुने यस चलचित्रमा सुदर्शन थापाको निर्देशन रहने छ । निर्देशक थापा र नायिका शर्माले निर्माण गर्ने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहने छ । चलचित्रलाई संजय लामाले खिचिरहेका छन् ।
चलचित्रको छायांकन काठमाण्डौ र इलाममा हुने बताइएको छ । दशैंमा छायांकन सक्ने लक्ष्य राखेको यस चलचित्रले फागूणको २३ गतेलाई रिलिज मिति पनि पक्का गरेको छ ।