नायिका स्वस्तिमा खड्का यतिबेला म्यानमारमा छिन्। त्यहाँ भएको एक नृत्य प्रतियोगितामा जर्ज बन्नको लागि स्वस्तिमा म्यानमार पुगेकी हुन्। उनले त्यहाँ आफ्नो काम सकाइसकेकी छिन्। त्यसैले उनी अहिले घुम्नमा व्यस्त छिन्।
स्वस्तिमाले म्यानमारको विभिन्न रमणिय स्थलहरुमा घुमिरहेकी छिन्। उनले म्यानमारको केही तस्विरहरु आफ्नो सामाजिक संजालमा पनि पोस्ट गरिरहेकी छिन्। तस्विरमा उनले म्यानमारमा निकै रमाइलो दिनहरु बिताइरहेको देख्न सकिन्छ।
राष्ट्रिय अवार्ड विजेता स्वस्तिमा अहिले कुनै पनि चलचित्रको काममा व्यस्त छैनन्। त्यहाँबाट फर्केपछि उनले चपली हाइट ३ टिमसँग काम गर्नेछिन्। यसै वर्ष स्वस्तिमा अभिनित अर्को चलचित्र घामट शेरे पनि रिलिजको तयारीमा रहेको छ।
हेमाराज विसीको निर्देशनमा बनेको यस चलचित्रमा निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको छ। हालै पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले कत्तिक ८ लाई रिलिज मिति पक्का गरेको छ। यस चलचित्रमा निश्चल र स्वस्तिमाले पहिलो पटक पूरा चलचित्रमा एकसाथ काम गर्न लागेका हुन्।