निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ फिल्मको निर्माण घोषणा गरेका छन्। शुक्रबारबाट रिलिज भएको फिल्म ‘रातो टिका निधारमा’को अन्त्यमा उनले नयाँ प्रस्तुती भनेर ‘अल्लरे २’ राखेका छन्। आगमी वर्षको दशैंलाई रिलिज मिति पक्का गर्दै उनले ‘अल्लरे २’ घोषणा गरेका हुन्।
गत वर्षको दशैंमा ‘जय भोले’ रिलिज गरेका उनले अब भने प्रत्येक दशैंमा नयाँ फिल्म रिलिज गर्ने सोच बनाएका छन्। त्यसै अनुसार अर्को वर्षको लागि ‘अल्लरे २’ घोषणा गरेका हुन्।
फिल्मको कलाकार र निर्देशक खुलाइएको छैन्। बुझिएअनुसार यस फिल्मलाई अशोक शर्माकी छोरी कृति शर्माले निर्देशन गर्नेछिन्।
दशक पहिला रिलिज भएको सफल फिल्म ‘अल्लरे’लाई अशोक शर्माले निर्देशन गरेका थिए। उक्त फिल्ममा राजेश हमाल र करिश्मा मानन्धरले मुख्य भूमिका निर्वाह गरेका थिए।