नायक विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक गरिएको पोस्टरमा विराज फिचर छन्।
पोस्टरमा विराजको रिशाह अवतारलाई देखाइएको छ। फिल्मको पोस्टरबाट नै फिल्म एक्सनप्रधान भएको अड्कल काट्न सकिन्छ।
पोस्टर सार्वजनिक गरेसँगै फिल्मले नयाँ रिलिज मिति पक्का गरेको छ। कात्तिक १५ लाई रिलिज लक्ष्य राखेको यस फिल्म अब भने महाशिवरात्रीको दिन अर्थात् फागुन ९ गते प्रदर्शनमा आउने भएको छ।
विराजले नै निर्माण गरेको यस फिल्ममा निकिता चण्डक र विराजको जोडी बाधिँएको छ। मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतको अभिनय छ।