आर्यन सिग्देल स्टारर फिल्म ‘ च च हुई’को आइटम गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘जवानी’ बोलको गीतमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्मालाई फिचर गरिएको छ। सेट लगाएर खिचिएको गीतको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ।
गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत छ। रोशन र सुमन गुरुङको गीतमा स्वर छ।
सम्तेन भुटियाको निर्देशन रहेको यस फिल्ममा भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय रहेको छ। कमेडी जनरमा निर्माण भएको फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्।
‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा अमृत घोले लामाको लगानी रहेको छ। सुशन प्रजापतिले खिचेको फिल्मलाई निर्देशक भुटियाले नै सम्पादन गरिरहेका छन्। फिल्मले मंसिरको ६ गतेलाई रिलिज मिति तय गरेको छ।