सुशिल श्रेष्ठ स्टारर फिल्म बादशाह जुटको ट्रेलर रिलिज भएको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कमेडी र एक्सनलाई विशेष स्थान दिइएको छ।
कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा अमिर गौतमको पनि मुख्य भूमिका रहेको छ। फिल्मको कथामा सुशिल र अमिरले आफूलाई बादशाह कल्पना गरेको देखाइएको छ।
फिल्ममा यी दुईका अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतको पनि अभिनय रहेको छ।
अभिषेक कुमारको लेखनमा तयार भएको फिल्मलाई जोन सिंह रानाले निर्देशन गरेका हुन्। फिल्ममा राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी छ।