नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका उडेका छन्। जापानमा आयोजना भएको सूर्य इन्टरनेश्नल अवार्डमा सहभागिता जनाएर उनीहरु अमेरिकामा हुने ग्लोवल फिल्म अवार्डको लागि अमेरिका उडेका हुन्।
जापनमा उनीहरु दुबैको भागमा अवार्ड परेको थियो। अनमोलले पपुलर नायकको अवार्ड पाउका थिए भने वर्षाले सह-अभिनेत्रीको अवार्ड पाइन्।
अनमोल यस्ता नायक हुन् जो आफूले अवार्ड पाउने पक्का भयो भनेमात्र उक्त अवार्ड कार्यक्रममा पुग्ने गर्छन्। आफूले अवार्ड नपाउने कार्यक्रम छ भने उनी त्यहाँ पुग्ने छैनन्। त्यसैले अनमोल कुनै अवार्ड कार्यक्रममा पुगेका छन् भने त्यहाँ उनले अवार्ड पाउनेका दुई मत हुन्न।
अनमोल अहिले फुर्सदमा छन्। धुपौरे छोडेका अनमोल अहिले ए मेरो हजुर ४ को तयारीमा जुटिरहेका छन्। ए मेरो हजुर ४ पश्चात अनमोलले आफ्नै होम प्रोडक्सनको व्यानरमा बन्ने फिल्म एन्टि हिरोमा काम गर्नेछन्।