अजय देवगण र काजोललाई बलिउडको सुन्दर जोडीका रुपमा लिइन्छ। उनीहरुको प्रेमको चर्चा पनि खुबै हुने गर्छ। उनीहरुलाई आदर्श जोडी मान्ने गरिन्छ। उनीहरु हाल दुई सन्तानको आमा–बुबा बनिसकेका छन्।
हालै एक अन्तरवार्तामा भने करण जोहरले काजोल अजय देवगणको भन्दा पनि अक्षय कुमारको दिवाना भएको खुलासा गरेका छन्। काजोल र करण एक शोमा पहुना बनेर पुगेका थिए। त्यहाँ करणले यस कुराको खुलासा गरिदिएका हुन्।
करण जोहरले भनेका छन्, ‘काजोल र म एक फिल्मको प्रिमियरमा भेटेका थियौँ। उसको अक्षय कुमार क्रश थिए। उसले उक्त प्रिमियर पार्टीमा अक्षय कुमारलाई खेजिरहेकी थिइन्। मैले पनि उसलाई साथ दिएको थिए।’
पछि काजोल र अक्षय कुमारले एक साथ फिल्ममा काम पनि गरे। उनीहरुले ‘ए दिल्लगी’ नामक फिल्ममा एकसाथ काम गरेका थिए। उक्त फिल्ममा समावेश गीत ‘देखो जरा देखो’ निकै रुचाइएको थियो।
काजोल र करण निकै मिल्ने साथी हुन्। उनीहरु आफ्नो कुराहरु एक–अर्कामा सेयर गरिरहेका हुन्छन्। सुरुवाती दिनमा दुबै साउथ मुम्बाईमा बस्नाले पनि उनीहरुको दोस्ती मजबुद भएको थियो।