मनोज अधिकारीको निर्देशनमा फिल्म ‘शुभ मंगल’ निर्माण हुने भएको छ। प्रेमकथामा आधारित रहेर निर्माण हुन लागेको यस फिल्ममा कुशल थापा, सुरविना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डे लगायतको अभिनय रहने बताइएको छ।

‘देउराली फिल्मस्’को ब्यानरमा बन्न लागेको यस फिल्मलाई संगम क्षेत्री र नारायण दत्त अधिकारीले निर्माण गर्न लागेका हुन्। नेपाल र अष्ट्रेलियामा खिचिने बताइएको यस फिल्ममा अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम सम्बन्धलगायतका विविध बिषयलाई प्रस्तुत गरिने निर्देशक अधिकारीले बताए।
निर्देशक अधिकारीकै लेखन रहेको फिल्मको छायांकन भने अहिले हुनेछैन्। निर्माण पक्ष अहिले फिल्मको घोषणामा लागिरहेको छ। फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन भएपछि फिल्मको औपचारिक निर्माण घोषणा गरिने निर्देशक अधिकारीले बताए।
निर्माण घोषणामा नै फिल्मको छायांकन मिति र रिलिज मिति पक्का गरिने छ।