गत वर्ष रिलिज भएको बलिउडमा फिल्म ‘कविर सिंह’ले तहल्का नै पिट्यो। उक्त फिल्म तेलिगु फिल्म ‘अर्जुन रेड्डी’को रिमेक फिल्म थियो। यस फिल्मले बक्स अफिसमा निकै उत्कृष्ट व्यापार गरेको थियो।
अब भने सोही फिल्म नेपाली भर्जनमा निर्माण हुने भएको छ। नेपाली फिल्म निर्माण कम्पनी ‘युवा फिल्मस्’ले उक्त फिल्मको रिमेक अनुमति लिएको हो। युवा फिल्मस्’का केशव खड्का र आशिष श्रेष्ठका अनुसार उनीहरुले उक्त फिल्मको लागि सम्झौता गरिसकेका छन्।
‘अर्जुन रेड्डी’को निर्माण कम्पनी ‘भद्रकाली पिक्चर्स’को तर्फबाट निर्माता प्रणय रेड्डी र ‘युवा फिल्मस्’का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन्।
साउथ स्टार विजय देवगरकोन्डा अभिनित यस फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा ५१ मिलियन कमाई गर्न सफल भएको थियो।
ओरिजिनल र हिन्दी रिमेक दुबै सफल भएको फिल्मको नेपाली रिमेक बनाउन निर्मनण पक्षलाई चुनौती नै हुन्छ। जसको लागि निर्माण कम्पनीले निकै मेहनत गर्नु पर्ने देखिन्छ।
फिल्मका कलाकार लगायत अन्य टिमको बारेमा छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।