फागुन २ गते रिलिज हुने फिल्म ‘लभ डाइरिज’को टिजर सार्वजनिक भएको छ। मंगलबार साँझ युट्युब मार्फत् फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरले फिल्मको थिम बोल्छ।
फिल्मका मुख्य दुई कलाकार नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापा फिचरिङ टिजरमा प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ।
सौरभ चौधरीको निर्देशनमा बनेको फिल्ममा सुशील र रुविनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ। मधु बास्तोलाको कथा तथा पटकथा रहेको फिल्मलाई विनोद सापकोटाले निर्माण गरेको हुन्।
शाहील खान सह-निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ। फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्।