सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेम गीत ३’ ले आफ्नो पूर्ण छायांकन सकाएको छ। छायांकन सुरु भएको ७० दिनमा फिल्मको पूर्ण छायांकन सकिएको हो।
फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौंमा एक भव्य सेट तयार गरेर गरिएको थियो। बाकीँ ५५ प्रतिशत छायांकनको लागि निर्माण पक्ष मनाङ पुगेको थियो।
मनाङमा माइनल डिग्री तापक्रम सहेर १ महिना लगतार छायांकन गरिएको निर्माता सन्तोष सेनले बताए। मंगलबार छायांकन सकिएपछि बुधवार फिल्मको जम्बो टोली काठमाडौं आइपुगेको छ।
निर्माता सेनका अनुसार फिल्मको एक प्रोमोशनल गीत खिच्न मात्र बाकीँ छ। नत्र पूर्ण रुपमा फिल्मको दृष्यहरु कैद भइसकेका छन्। फिल्मको छायांकनसँगै एकसाथ सम्पादनको काम पनि भइरहेको छ।
चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन्। फिल्ममा नायक प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ।