निर्देक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘२ नम्बरी’को निर्माण हुने भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ।
फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत र वुद्धि तामाङको मुख्य भूमिका रहने छ। २ जना साथीको कथा भन्ने यस फिल्ममा दयाहाङ र पल साथी बन्नेछन्। निर्देशक लामाका अनुसार फिल्मले साथीबीचको मित्रता र सत्रुपनलाई देखाउने छ।
अभिनेता दयाहाङ राई आफूलाई फिल्मको कथा मन परेकाले फिल्ममा काम गर्न तयार भएको बताउँछन्। पललाई पनि फिल्मको विषयबस्तुले नै तान्यो। नायिका वर्षा राउतले फिल्ममा आफूले पाएको भूमिका निकै राम्रो भएको बताउँछिन्। आफ्नो भूमिकाबाट दर्शक सन्तुष्ट हुने दावी गरिन्।
‘रेड बर्ड प्रोडक्शन’ र ‘आरआर फिल्म प्रोडक्शन’को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन्। किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन्।
निर्देशक लामाकै कथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। माघको २५ गतेबाट छायांकनमा जाने यस फिल्मले आउँदो बर्षको जनैपूर्णिमामालाई रिलिज मिति पक्का गरेको छ।