नृत्यमा आधारित रहेर फिल्म ‘बोर्न टू डान्स’ निर्माण गर्ने भएको छ। एवी इन्टरनेशनलको व्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई अमन तामाङले निर्देशन गर्दैछन्।
अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहने फिल्मको लागि कलाकारको छनोट भने भइसकेको छैन्। नृत्यमा पोख्त कलाकार चहिने भएकाले सोहि किसिमका कलाकारको छनोट भइरहेको बताइएको छ।
निर्माताका अनुसार यस फिल्ममा विगत ५ बर्षदेखि काम भइरहेको छ। फिल्मको छायांकन नेपाल, अमेरिका र क्यानडामा हुने बताइएको छ।
बलिउडमा पनि डान्समा केन्द्रित रहेर केही फिल्महरु बनिरहेका छन्। तर, निर्देशक अमनका अनुसार ती फिल्म भन्दा यो फिल्म फरक हुनेछ।